धराशायी भयो होन्डा र निशानको मर्जर वार्ता
बिहीबार, ०१ फागुन २०८१, १५ : ४९
टोकियो । जापानी कार निर्माता कम्पनीहरू होन्डा र निशानले मर्जर सम्झौताबारे छलफल गरिरहेका थिए । तर यो वार्ता निष्कर्षमा नपुगी टुङ्गिएको होन्डा र निशानले बताएका छन् । वार्ता टुङ्गिएको होन्डा र निशानले बताएका हुन् ।
मर्जर वार्ता असफल भए पनि विद्युतीय सवारी साधन निर्माणमा साझेदारीलाई भने निरन्तरता दिने बताइएको छ । कनिष्ठ साझेदार मिसुबिसीसँग मिलेर दुबै कम्पनीले आ–आफ्नो व्यवसायलाई विशेषगरी चीनबाट आइरहेको चर्को प्रतिस्पर्धासँग लड्न सक्ने बनाउन खोजेका छन् ।
अगाडि बढ्दै गर्दा तीन ओटै कम्पनीले बौद्धिकता र विद्युतीय सवारी साधनको युगलाई लक्षित गरेर तयार पारिएको रणनीतिक साझेदारीको ढाँचामा एक–अर्कासँग सहकार्य गर्ने बिहीबार जारी भएको संयुक्त विज्ञप्तिमा बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण