धराशायी भयो होन्डा र निशानको मर्जर वार्ता
बिहीबार, ०१ फागुन २०८१, १५ : ४९

टोकियो । जापानी कार निर्माता कम्पनीहरू होन्डा र निशानले मर्जर सम्झौताबारे छलफल गरिरहेका थिए । तर यो वार्ता निष्कर्षमा नपुगी टुङ्गिएको होन्डा र निशानले बताएका छन् । वार्ता टुङ्गिएको होन्डा र निशानले बताएका हुन् ।
मर्जर वार्ता असफल भए पनि विद्युतीय सवारी साधन निर्माणमा साझेदारीलाई भने निरन्तरता दिने बताइएको छ । कनिष्ठ साझेदार मिसुबिसीसँग मिलेर दुबै कम्पनीले आ–आफ्नो व्यवसायलाई विशेषगरी चीनबाट आइरहेको चर्को प्रतिस्पर्धासँग लड्न सक्ने बनाउन खोजेका छन् ।
अगाडि बढ्दै गर्दा तीन ओटै कम्पनीले बौद्धिकता र विद्युतीय सवारी साधनको युगलाई लक्षित गरेर तयार पारिएको रणनीतिक साझेदारीको ढाँचामा एक–अर्कासँग सहकार्य गर्ने बिहीबार जारी भएको संयुक्त विज्ञप्तिमा बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल
-
नेपाली चलचित्रमा काम गर्ने बलिउड अभिनेत्री मनिषाको चाहना
-
१२ बजे, १२ समाचार : स्ववियु घोषणाले आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाददेखि गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौंमा स्वागतसम्म
-
गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो