नयाँ शक्तिको पदाधिकारीमा क–कसले कति पाए मत ?
_yG9YjJcAyw.jpg)
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार भट्टराईले ७६१ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेत्र चापाईंले जम्मा ७३ मत पाएका छन् ।
उपाध्यक्ष खसआर्यमा ईश्वर रिजाल ३९३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी जनकराज शाहले ३६८ मत पाएका छन् । आदिवासीतर्फ टेकबहादुर बाठामगर ३१९ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धीमा बलबहादुर लिम्बूले १६४ मत पाएका छन् । मधेसीतर्फ उमेश साह ३९५ मतले विजयी भएका छन् । प्रतिस्पर्धी चिनक कुर्मीले ३२० मत पाएका छन् ।
यसअघि महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी महासचिव खुल्लामा सोनामसिंह स्याङ्तान चार सय ९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी जिएस गुरुङले ३७९ मत पाएका छन् । सचिव महिलामा आशाकुमारी तामाङ ३१४ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी सिर्जना नेपालले २८० मत पाएका छन् । खुला सचिवमा लक्ष्मण कार्की ३५३ मत ल्याएर विजयी भएका छन् । भरत दाहाल ३७९ मत ल्याएर विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न