नयाँ शक्तिको पदाधिकारीमा क–कसले कति पाए मत ?
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार भट्टराईले ७६१ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेत्र चापाईंले जम्मा ७३ मत पाएका छन् ।
उपाध्यक्ष खसआर्यमा ईश्वर रिजाल ३९३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी जनकराज शाहले ३६८ मत पाएका छन् । आदिवासीतर्फ टेकबहादुर बाठामगर ३१९ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धीमा बलबहादुर लिम्बूले १६४ मत पाएका छन् । मधेसीतर्फ उमेश साह ३९५ मतले विजयी भएका छन् । प्रतिस्पर्धी चिनक कुर्मीले ३२० मत पाएका छन् ।
यसअघि महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी महासचिव खुल्लामा सोनामसिंह स्याङ्तान चार सय ९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी जिएस गुरुङले ३७९ मत पाएका छन् । सचिव महिलामा आशाकुमारी तामाङ ३१४ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी सिर्जना नेपालले २८० मत पाएका छन् । खुला सचिवमा लक्ष्मण कार्की ३५३ मत ल्याएर विजयी भएका छन् । भरत दाहाल ३७९ मत ल्याएर विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण