नयाँ शक्तिको निर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को निर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गराएको छ । बिहीबार काठमाडौँमा निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएको हो ।
अध्यक्ष डा.बाबुराम भट्टराईलाई निर्वाचन समिति संयोजकले शपथ गराएका हुन् । यस्तै अन्य पदाधिकारी र कार्यसमिति सदस्यलाई भट्टराईले शपथ गराए ।
नयाँ शक्तिको अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार प्रतिद्वन्द्वी नेत्र चापागाईँलाई पराजित गर्दै अध्यक्ष पदमा भट्टराई निर्वाचित भएका हुन् ।
त्यस्तै उपाध्यक्ष खसआर्यमा ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर विजयी भएका छन् । यसैगरी महासचिव खुल्लामा सोनामसिंह स्याङ्तान विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ ।
महाधिवेशनले भट्टराईले प्रस्तुत गरेको सांगठानिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै प्रवक्ता कृष्ण शर्माद्वारा पेस गरेको विधान संशोधन प्रस्ताव पारित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण