युक्रेन–रुस द्वन्द्वबारे मोदी - शान्तिको पक्षमा छ भारत
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुस र युक्रेनबिच चलिरहेको युद्धको चर्चा गरेका छन् । यस क्रममा मोदीले भने, ‘मानिसहरू सोच्छन् कि भारत रुस–युक्रेन द्वन्द्वमा तटस्थ रह्यो, तर यो गलत हो ।’
भारत शान्तिको पक्षमा रहेको र आफूहरूले सधैँ दुवै पक्ष अर्थात् युक्रेन र रुसले वार्ता गर्नुपर्नेछ भनेर भनिरहेको पनि उनले बताए । मोदीले रुस र युक्रेनबिच चलिरहेको युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको पनि प्रशंसा गरे ।
मोदीसँगको भेटमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँगको आफ्नो फोन वार्ताबारे पनि कुरा गरेका थिए । यो वार्ताले युक्रेनमा युद्ध अन्त्य गर्ने सुरुवात गर्ने आशा उनको थियो । सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले रुस र युक्रेनसँग गज्जबको वार्ता भएको र युद्ध अन्त्य हुने राम्रो सम्भावना भएको भनेका थिए ।
- कुन कुन मुद्दामा भए छलफल ?
ह्वाइट हाउसमा दुई नेताबिच भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा दुवै नेताले एकअर्काको प्रशंसा गरेका छन् । दुई नेताहरूबिचको द्विपक्षीय वार्ता व्यापारमा केन्द्रित थियो, जसमा ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा समान शुल्क लगाउने कुरा गरे भने मोदीले दुई देशहरूबिच व्यापार वार्ता सुरु गर्ने कुरा गरे ।
‘भारतले हामीमाथि जेजस्ता कर लगाउँछ, उस्तै शुल्क हामी पनि ऊमाथि लगाउनेछौ,’ ट्रम्पले भने, ‘हाम्रा सहयोगीहरू हाम्रा शत्रुहरू भन्दा पनि खराब छन् ।’ भारतले अमेरिकाबाट बढी तेल र ग्यास किन्ने ट्रम्पको भनाइ थियो ।
भारतले अहिले रुस, इराक र साउदी अरेबियाबाट लगभग ९० अर्ब डलरको तेल र ग्यास किन्दै आएको छ । यसैबिच, प्रधानमन्त्री मोदीले अमेरिकाबाट अवैध भारतीयहरूलाई फिर्ता लैजान आफू तयार रहेको बताए । मोदीले अमेरिकामा अवैध रूपमा बसोबास गर्ने जुनसुकै भारतीय नागरिकलाई फिर्ता लैजाने वाचा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
-
मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
-
इप्पानको नयाँ कार्यसमिति चयनः कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण