सार्वजनिक खरिद ऐन सुधारको जरुरी छ : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सार्वजनिक खरिद ऐन सुधारको जरुरी रहेको बताएका छन् । शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशीलता आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले सार्वजनिक खरिद ऐन पनि संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले अहिले उद्योग मन्त्रालयसँग सम्बन्धित रहेर नै धेरै कानुन सुधार भएको दाबी गरे । उनले सेवा प्रवाह, लगानी प्रवर्द्धन, प्रविधिको विकासको क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
मन्त्री भण्डारीले भने, ‘अहिलेका कानुन सुधारमा सबैभन्दा बढी उद्योग मन्त्रालयसँग सम्बद्ध कानुनहरू सुधार भएका छन् । जहाँ सेवा प्रवाहको रूपमा, लगानीको क्षेत्रको रूपमा, अहिलेको प्रविधिको विकासको क्षेत्रमा सरकारले प्राथमिकतामा राखेको छ । जहाँसम्म आज खासगरी ट्याक्सको सन्दर्भमा पनि विषय उठेका छन् । सरकारको तर्फबाट यहाँ थोरै सहुलियत भयो भने यो क्षेत्रलाई अझ माथि लैजान सकिन्छ, हामीले यसको विकास गर्नसक्छौँ भन्नुभएको छ ।’
मन्त्री भण्डारीले प्रविधिको माध्यमबाट सेवा प्रवाहलाई अघि बढाउने, गुड गभर्नेन्स बनाउने कुरामा सरकार प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण