मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मस्कको १३ औँ सन्तानको आमा भएको सोसल मिडिया इन्फ्लुएन्सरको दाबी

शनिबार, ०३ फागुन २०८१, १८ : १३
शनिबार, ०३ फागुन २०८१

वासिङ्टन डिसी । अमेरिकी सोसल मिडिया इन्फ्लुएन्सर तथा लेखिका एश्ले सेन्ट क्लेयरले आफू टेस्ला कम्पनीका मालिक एलन मस्ककी छोराकी आमा भएको दाबी गरेकी छन्। क्लेयरका अनुसार उनले ५ महिना अघि गोप्य रूपमा यो बच्चा जन्माएको, तर सुरक्षा र गोपनीयताका कारण पहिले घोषणा नगरेकी हुन्।

यदि क्लेयरको दाबी सत्य हो भने यो मस्कको १३ औं सन्तान हुनेछ। मस्कका दुई श्रीमती र तीन प्रेमिकाबाट यसअघि नै १२ सन्तान छन्।

एश्ले क्लेयरले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘५ महिना अघि मैले यस संसारमा एउटा बच्चालाई स्वागत गरेँ। मस्क उनको बुबा हुन्। यो कुरा मिडियामा हाइलाइट भइरहेको छ। म बच्चालाई सुरक्षित वातावरण दिन चाहन्छु। म मिडियालाई हाम्रो बच्चाको गोपनीयताको सम्मान गर्न अपिल गर्दछु।’

२६ वर्षीया एश्लेले ‘एलिफन्ट्स अर नट बर्डस्’ नामक पुस्तक लेखेकी छन्। मिडिया रिपोर्टका अनुसार न्यूयोर्कको सबैभन्दा महँगो क्षेत्र म्यानहट्टनमा बस्ने एश्ले रूढिवादी विचारहरूको समर्थन गर्छिन्। एक्समा उनका १० लाख फलोअर्स छन्।

डेली मेलका अनुसार एश्ले क्लेयर म्यानहट्टनको एक विलासी अपार्टमेन्टमा बस्छिन्, जसको मासिक भाडा १२ देखि १५ हजार डलर छ। त्यहाँ बस्ने मानिसहरूले भने कि एश्ले टेस्ला साइबर ट्रकको मालिक हुने पहिलो व्यक्तिहरू मध्ये एक थिइन् ।

एलोन मस्कले अहिलेसम्म यो दाबीमा कुनै बयान दिएका छैनन्। मस्क हाल न्यूरालिङ्कका प्रबन्धक शिवोन जिलिस्लेसँग सम्बन्धमा छन्। दुवैका तीन सन्तान छन्। उनी गत वर्ष मात्र आफ्नो १२ औँ सन्तानको बुबा बनेका थिए।

मस्कले पहिलो विवाह सन् २००० मा क्यानेडियन लेखिका जस्टिन विल्सनसँग गरेका थिए। उनीहरूको जेठो छोरा, नेभाडा, २००२ मा जन्मिएका थिए । तर दस हप्ताको हुँदा उनको मृत्यु भयो। उनले २००८ मा विल्सनसँग सम्बन्ध विच्छेद गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप