रास्वपा सांसद तोसिमा कार्कीको रिट निवेदनमा ‘निसु’ का लागि पेसी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबार निर्णय सुनाउन पेसी तोकेको छ । कार्कीले २०७९ कात्तिक १४ गते दायर गरेको मुद्दामा सुनुवाइ पूरा भइ ‘निसु’ (निर्णय सुनाउने)का लागि पेसी तोकिएको हो ।
उक्त रिट निवेदन न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा विचाराधीन छ । उक्त इजलासले गत पुस २५ गते नै मुद्दालाई ‘निसु’मा पु¥याएको हो । आइतबार न्यायाधीशद्वय शर्मा र पौडेलको इजलासमा यो मुद्दा ‘निसु’का लागि पेसी तोकिएको छ ।
कार्की प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । लाभको पदमा रहेको अवस्थामा उम्मेदवारी दिएको भन्दै आयोगले उक्त निर्णय गरेपछि कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।
न्यायाधीश कुमार चुडालको इजलासले २०७९ कात्तिक १५ गते उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि तीन पटकसम्म संयुक्त इजलासमा पेसी तोकिएको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ भएको थियो । सोही वर्ष कात्तिक २८ मा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेको थियो ।
नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेकै अवस्थामा कार्कीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी थिइन् । काउन्सिलमा निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा भत्तामात्रै पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने रिट निवेदकको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण