डोजरले ढुङ्गा खसाल्दा विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु
आइतबार, ०४ फागुन २०८१, १४ : ००

बुटवल । मोटर बाटो खन्ने क्रममा जेसीबी डोजरले ढुङ्गा पल्टाउँदा गुल्मीमा एक बालिकाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका गुल्मीका अनुसार इस्मा गाउँपालिका-२ को छल्दीबाट हस्ति चौर जाने भित्री मिटर बाटो खन्ने क्रममा माथिबाट जेसीबीले ढुङ्गा खसाल्दा सोही वडा छल्दीटारका ज्ञान बहादुर कुमालकी ८ वर्षीया छोरी विष्णु कुमालको ज्यान गएको हो।
स्कुल जान हिँडेकी बालिकाको माथिबाट खसेको ढुङ्गाले थिचेर गम्भीर घाइते भएपछि उपचारका लागि गुल्मी अस्पताल ल्याएकोमा दिउँसो डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले जेसीबी चालक मकवानपुरको ईन्द्रचौर गाउँपालिका-४, सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई पक्राउ गरेको छ ।
स्थानीयका अनुसार जेसीबी चालकको लापरबाहीका कारण बालिकाको ज्यान जान पुगेको हो । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार : सभामुख घिमिरे
-
गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने : उपराष्ट्रपति
-
औद्योगिक, जोखिमपूर्ण फोहरलाई उत्पादनकर्ताले नै व्यवस्थापन गर्नुपर्ने
-
भारत-पाकिस्तानबीच आज खास वार्ता
-
ट्रम्पले भने, ‘युक्रेन पुटिनको प्रस्तावमा सहमत हुनुपर्छ’
-
इटालियन सिरी’ए : शीर्ष स्थानको नापोली बराबरीमा रोकिंदा इन्टरलाई फाइदा