फागुन ७ गतेदेखि जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन हुने
धनगढी । कैलालीमा जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ। गौरीगंगा –११, स्पोर्टस क्लब र सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा राष्ट्रियस्तरको उक्त फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।
फागुन ७ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका सातवटै प्रदेशका टिम र एक आयोजक गरी ८ वटा टिमको सहभागिता हुनेछ।
गौरीगंगा नगरपालिका–८ मा रहेको गौरीगंगा –११ को स्पोर्टस क्लबको खेलमैदानमा प्रतियोगिताका खेलहरू सञ्चालन हुनेछन्। प्रतियोगिताका लागि खेलमैदान व्यवस्थित गर्ने काम सम्पन्न भएको छ। प्रतियोगितामा प्रथम पुरस्कार ५ लाख नगदसहित ट्रफि, मेडल, प्रमाणपत्र, दृतीय पुरस्कार दुई लाख पचास हजार दिइने छ।
प्रत्येक खेलको म्यानअफ द म्याचले नगद पाँच हजार सहित ट्रफि दिइनेछ। प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडीले पचास हजार, उत्कृष्ट गोल रक्षक १५ हजार, उत्कृष्ट रक्षक १५ हजार, उत्कृष्ट फरवार्ड १५ हजार, सर्वाधिक गोलकर्ता १५ हजार, उदयमान खेलाडी १५ हजार, फियर प्ले टिम १५ हजार पुरस्कार दिइनेछ।
समृद्धिको आधार फुटबलको पूर्वाधार भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका राष्ट्रिय विभूतिको नाममा प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकको भनाई छ। गौरीगंगा–११ क्लबले आयोजना गर्न लागेको यो प्रतियोगिता पाँचौँ संस्करण हो।
यद्यपि यसपटक प्रदेश खेलकुदको समन्वयमा राष्ट्रिय विभूतिको नाममा यो प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए। ‘कैलालीको मध्यवर्ती क्षेत्र राजमार्गमा रहेको त्यो ठाउँमा रहेको खेल मैदानलाई रङ्गशालाका रूपमा निर्माण गर्न र त्यहाँको खेल र खेलाडीको विकास होस् भन्ने उद्देश्यले दबाब दिन प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ,’ उनले भने।
यो प्रतियोगितालाई मध्यवर्ती क्षेत्रमा खेलकुद क्षेत्रमा विकास पुग्ने र फुटबल खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने एउटा मञ्च प्राप्त गर्ने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण