परराष्ट्रमन्त्री डा देउवा र युएइका मन्त्रीबिच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स् (युएई)का विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबिच आइतबार साइडलाइन भेट भएको हो ।
भेटका क्रममा उनीहरुबिच नेपाल र संयुक्त अरब इमिरेट्सबिचको द्विपक्षीय सम्बन्धका साथै श्रम, पर्यटन तथा आर्थिक विकासका विविध विषय र जलवायु परिवर्तनका कारण परेको प्रभावलाई न्यूनीकरण गर्नका लागि आवश्यक सहकार्यका विषयमा कुराकानी भएको थियो ।
मन्त्री डा. देउवाले सो अवसरमा नेपाली जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएकामा मन्त्री सायेघमार्फत् संयुक्त अरब इमिरेट्स सरकारलाई विशेष धन्यवाद ज्ञापन गरिन् । त्यस अवसरमा मन्त्री सायेघले युएइको आर्थिक सामाजिक विकासमा नेपाली जनशक्तिको ठुलो योगदान रहेको भन्दै प्रशंसा गरेका थिए ।
उनीहरुबिच दुई देशबिच पर्यटन, आर्थिक विकास, व्यापार साझेदारका क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्य एवं लगानीका बारेमा पनि छलफल भएको थियो ।
मन्त्री डा. देउवाले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा युएइको दुबईबाट प्रत्यक्ष उडान सुरु गर्न मन्त्री सायेघसँग आग्रह गरिन् । मन्त्री सायेघले यस विषयमा तत्कालै प्राविधिक अध्ययन थाल्ने र उडान सुरु गर्ने योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
साथै सो भेटका क्रममा मन्त्री डा. देउवाले नेपालले क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न एक विश्वव्यापी संवाद मञ्चका रूपमा आगामी मेमा काठमाडौँमा सगरमाथा संवादको आयोजना गरेको जानकारी गराउँदै जलवायु परिवर्तनको अवस्थामा केन्द्रित हुने सो संवादमा भाग लिन युएइलाई पनि आमन्त्रण गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण