गायन र नृत्य रियालिटी शोमा छानिए बेलायतबाट ८ प्रतिभा
लन्डन । अन्तर्राष्ट्रिय दुई रियालिटी शो ‘मेरो भ्वाइस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ का लागि बेलायत अडिसनबाट ८ जना छानिएका छन् ।
बेलायत अल्डरसटस्थित एम्पाएर हलमा शनिबार भएको स्थलगत अडिसनबाट मेरो भ्वाइस युनिभर्सका लागि सुमन सेन्चुरी, उरुषा केसी, सुदिप अर्याल शर्मा, सन्तोष पुन, डा. योगेन्द्र कुमार गैरे र एरिक लामा चयन भएका छन् भने मेरो डान्स युनिभर्सका लागि रोशन राई र सुनिता तामांग चयन भए ।
यूके अडिसनबाट छानिएका प्रतिभाहरू थप चरणका लागि नेपाल जाने छन् । उनीहरूको सम्पूर्ण खर्च आयोजक ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’ ले बेहोर्नेछ ।
मेरो भ्वाइसमा गायिकाहरु शर्मिला बर्देवा र सुनिता दुलाल एवं गंगाराज राईले निर्णायक भूमिका निर्वाह गरेका थिए । त्यस्तै मेरो डान्सको निर्णायक मण्डलमा नेपालबाट आएका अभिनेता धिरेन शाक्य, नायिका केकी अधिकारी र मोडल–डान्सर रिना थापामगर थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण