विश्वविद्यालयबाट उत्पादित जनशक्तिको स्वदेशमै उपयोग हुनुपर्छ : मुख्यमन्त्री पाण्डे
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वविद्यालयबाट उत्पादित जनशक्तिको स्वदेशमै उपयोग गर्नुपर्ने बताएका छन् । गण्डकी विश्वविद्यालयको पाँचौँ वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री पाण्डेले विश्वविद्यालयले वर्तमानको आवश्यकताअनुसारको पाठ्यक्रम निर्माण एवं पठनपाठनको व्यवस्था मिलाउनुपर्ने बताए ।
अध्ययनकै लागि विदेशिने क्रम बढेको उल्लेख गर्दै उनले विश्वविद्यालयप्रति बढ्दो अविश्वासलाई दृष्टिगत गरी समयानुकूल व्यावसायिक र गुणस्तरीय शिक्षा दिनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए । गण्डकी प्रदेशलाई आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ प्रदेश सरकारले विश्वविद्यलाय स्थापना गरेकाले त्यहीअनुरुप विश्वविद्यलाय अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
गण्डकी प्रदेशका समाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले विश्वविद्यालय अनुसन्धान एवं नवप्रवद्र्धनका क्षेत्रमा अघि बढेको बताए । उनले प्रदेशको आवश्यकतालाई सम्बोधन हुने तवरबाट अघि बढ्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले समाज र राष्ट्रप्रति उत्तरदायी जनशक्ति निर्माण गर्नेतर्फ शैक्षिक संस्था लाग्नुपर्ने बताए । विश्वविद्यालयका रजिष्टार डा कैलाश तिमिल्सिनाले स्थापनाको छोटो अवधिमा विश्वविद्यलायले महत्वपूर्ण उपलब्धि हासिल गर्दै अघि बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण