परराष्ट्रमन्त्री देउवा र ओमानका विदेशमन्त्रीबिच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अलबुसाइदीबिच सोमबार मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ ।
आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेका परराष्ट्रमन्त्री डा. देउवा र ओमनी समकक्षी अलबुसाइदीबिच आज सो भेटवार्ता भएको हो ।
त्यस अवसरमा मन्त्री डा. देउवाले सो सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा विदेशमन्त्री अलबुसाइदीलाई बधाई ज्ञापन गरेकी थिइन् ।
भेटका क्रममा नेपाल–ओमान सम्बन्धका विविध पक्षका साथै दुई देशबिचका विभिन्न क्षेत्रहरूमा सहकार्यको प्रवर्द्धनका उपायहरूका बारेमा पनि छलफल भएको थियो ।
भेटका क्रममा मन्त्री डा. देउवाले नेपालमा दूतावास स्थापना गर्न तथा ओमन काठमाडौँ सीधा हवाई उडान सुरु गर्न ओमन सरकारसँग आग्रह गरेकी थिइन् ।
यसै सन्दर्भमा नेपाल र ओमानबिच कूटनीतिक अध्ययन र तालिमका क्षेत्रहरूमा सहकार्य गर्ने सम्बन्धी समझ्दारीपत्रमा पनि हस्ताक्षर भएको छ । यस सम्झौताले कूटनीतिक तालिम र कूटनीतिक क्षेत्रका सूचना आदानप्रदानमा सहकार्य गर्ने अवसर प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण