२०२० यता पहिलो पटक अस्ट्रेलियाली केन्द्रीय बैंकले घटायो ब्याजदर
सिड्नी । अस्ट्रेलियाको केन्द्रीय बैंकले मंगलबार ब्याजदर घटाएको छ । चार वर्षभन्दा बढी समययता पहिलो पटक ‘रिजर्भ बैंक अफ अस्ट्रेलिया’ (आरबीए)ले ब्याजदर घटाएको हो ।
योसँगै आरबीए पनि ब्याजदर कटौती गरिरहेका अन्य प्रमुख केन्द्रीय बैंकको सूचिमा उक्लिएको छ । महँगी घट्दै गएसँगै पछिल्लो समय धमाधम ब्याजदर घटाउने क्रम चलिरहेको छ । आरबीएले प्रमुख नीतिगत ब्याजदर २५ आधार बिन्दुले घटाएर ४ दशमलव १० प्रतिशतमा झारेको छ ।
ब्याजदरमा गरिएको यो कटौती २०२० को नोभेम्बरयता पहिलो पटक हो । त्यतिबेला कोरोना भाइरसको महामारी चलिरहेको समयमा अर्थतन्त्र सुस्ताइरहँदा आर्थिक गतिविधिलाई टेवा दिन बैंकले ब्याजदर घटाएर कीर्तिमानी न्यून स्तरमा झारेको थियो ।
गएको वर्षको अन्त्यदेखि विश्वका अन्य प्रमुख केन्द्रीय बैंकको तुलनामा मौद्रिक नीति खुकुलो बनाउने कुरामा आरबीए पछाडि रहँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण