गिरफ्तारीबाट जोगिए रणवीर
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले सोसल मिडिया इन्फ्लुएन्सर रणवीर इलाहाबादिया तत्काल पक्राउ पर्नबाट जोगिएका छन् । यो मामिला युट्युबमा प्रसारित ‘इन्डियाज गट लेटेन्ट’ शोसँग सम्बन्धित थियो ।
रणवीरले युट्युबर तथा हास्य कलाकार समय रैनाको शो ‘इन्डियाज गट लेटेन्ट’मा सहभागीका आमाबाबुबारे अश्लील टिप्पणी गरेका थिए । यस मामिलामा चर्को विवाद सुरु भएको थियो ।
रणवीर विरुद्ध महाराष्ट्र र आसाममा एफआईआर दर्ता भएका थिए । यस विषयमा आफूलाई पक्राउ गर्न नपर्ने जिकिर गर्दै रणवीरले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । मंगलबार सर्वोच्च अदालतमा यो मुद्दाको सुनुवाइ भएको थियो ।
सर्वोच्च अदालतले रणवीरलाई पक्राउबाट अन्तरिम राहत दिँदै यस विषयमा हुने अनुसन्धानमा सहयोग गर्न भनेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू टी. कान्त र एन. कोटेश्वर सिंहको संयुक्त इजलासले यो आदेश दिएको हो ।
सर्वोच्च अदालतले रणवीरलाई यस बिचमा कुनै पनि कार्यक्रम नगर्न भनेको छ । रणवीरविरुद्ध अर्काे एफआईआर दायर भए पनि उनलाई पक्राउ नगरिने र यस मुद्दामा उनी विरुद्ध अरु कुनै एफआईआर दर्ता नहुने पनि अदालतले फैसलामा भनेको छ ।
यद्यपि अदालतले रणवीर इलाहाबादियालाई आफ्नो राहदानी ठाणे प्रहरी स्टेशनमा बुझाउन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण