बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

गिरफ्तारीबाट जोगिए रणवीर

मङ्गलबार, ०६ फागुन २०८१, १४ : ४०
मङ्गलबार, ०६ फागुन २०८१

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले सोसल मिडिया इन्फ्लुएन्सर रणवीर इलाहाबादिया तत्काल पक्राउ पर्नबाट जोगिएका छन्  । यो मामिला युट्युबमा प्रसारित ‘इन्डियाज गट लेटेन्ट’ शोसँग सम्बन्धित थियो ।

 रणवीरले युट्युबर तथा हास्य कलाकार समय रैनाको शो ‘इन्डियाज गट लेटेन्ट’मा सहभागीका आमाबाबुबारे अश्लील टिप्पणी गरेका थिए । यस मामिलामा चर्को विवाद सुरु भएको थियो ।

रणवीर विरुद्ध महाराष्ट्र र आसाममा एफआईआर दर्ता भएका थिए । यस विषयमा आफूलाई पक्राउ गर्न नपर्ने जिकिर गर्दै रणवीरले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । मंगलबार सर्वोच्च अदालतमा यो मुद्दाको सुनुवाइ भएको थियो । 

सर्वोच्च अदालतले रणवीरलाई पक्राउबाट अन्तरिम राहत दिँदै यस विषयमा हुने अनुसन्धानमा सहयोग गर्न भनेको छ ।  सर्वोच्च अदालतका न्यायाधीशहरू टी. कान्त र एन. कोटेश्वर सिंहको संयुक्त इजलासले यो आदेश दिएको हो ।

 सर्वोच्च अदालतले रणवीरलाई यस बिचमा कुनै पनि कार्यक्रम नगर्न भनेको छ । रणवीरविरुद्ध अर्काे एफआईआर दायर भए पनि उनलाई पक्राउ नगरिने र यस मुद्दामा उनी विरुद्ध अरु कुनै एफआईआर दर्ता नहुने  पनि अदालतले फैसलामा भनेको छ । 

यद्यपि अदालतले रणवीर इलाहाबादियालाई आफ्नो राहदानी ठाणे प्रहरी स्टेशनमा बुझाउन भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप