उपेन्द्र यादव बुधबार कतार जाने
मङ्गलबार, ०६ फागुन २०८१, १४ : ४७

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव कतार भ्रमणमा जाने भएका छन् ।
नेपाली समाज कतार, मधेश प्रदेश समन्यव परिषद् कतार तथा उक्त परिषद्अन्तर्गत कतारमा रहेका विभिन्न संघ संस्थाले आयोजना गर्ने होली महोत्सव, रमादान पर्व, शुभकामना अदान प्रदान कार्यक्रममा भाग लिन उनी बुधबार कतार प्रस्थान गर्न लागेका उनकाे निजी सचिवालयले जनाएको छ ।
मधेश प्रदेश समन्यव समिति कतारको चौथो स्थापना दिवस पनि त्यहाँ हुनेछ । उक्त कार्यक्रममा पनि उनी सहभागी हुने बताइएको छ । भोलि एयर इन्डियाको विमानबाट भारतको नयाँ दिल्ली हुँदै यादव कतार प्रस्थान गर्ने कार्यक्रम छ ।
फागुन १२ गते दुबई हुँदै साँझ हिमालय एयरलाइन्सको विमानबाट यादव स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसको सबलीकरण कछुवाको गतिमा (तस्बिरहरू)
-
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली