उपेन्द्र यादव बुधबार कतार जाने
मङ्गलबार, ०६ फागुन २०८१, १४ : ४७
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव कतार भ्रमणमा जाने भएका छन् ।
नेपाली समाज कतार, मधेश प्रदेश समन्यव परिषद् कतार तथा उक्त परिषद्अन्तर्गत कतारमा रहेका विभिन्न संघ संस्थाले आयोजना गर्ने होली महोत्सव, रमादान पर्व, शुभकामना अदान प्रदान कार्यक्रममा भाग लिन उनी बुधबार कतार प्रस्थान गर्न लागेका उनकाे निजी सचिवालयले जनाएको छ ।
मधेश प्रदेश समन्यव समिति कतारको चौथो स्थापना दिवस पनि त्यहाँ हुनेछ । उक्त कार्यक्रममा पनि उनी सहभागी हुने बताइएको छ । भोलि एयर इन्डियाको विमानबाट भारतको नयाँ दिल्ली हुँदै यादव कतार प्रस्थान गर्ने कार्यक्रम छ ।
फागुन १२ गते दुबई हुँदै साँझ हिमालय एयरलाइन्सको विमानबाट यादव स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण