प्रकृति लम्साल मृत्यु प्रकरणः केआईआईटीका सुरक्षा गार्डहरू पक्राउ
काठमाडौँ । केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा सुरक्षा गार्डहरूलाई पक्राउ गरी निलम्बन गरिएको जनाएको छ।
आज एक प्रेस नोट जारी गर्दै उक्त विश्वविद्यालयले छ। गल्ती गर्ने अधिकारीहरूलाई पनि निलम्बन गर्न कदम चालेको विश्वविद्यालयले जनाएको छ।
कलेजले उक्त घटनालाई दुर्भाग्य भएको भन्दै ओडिशा सरकारको ध्यानाकर्षण भएको जनाएको छ।
'सरकारले गठन गरेको उच्चस्तरीय तथ्य छानबिन समितिको निष्कर्षका आधारमा उनीहरूलाई कानुनी र प्रशासनिक कारबाही गरिनेछ,' सूचनामा उल्लेख छ।
समितिमा प्रदेशका गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त सहसचिव सदस्य रहेका छन् ।
साथै उडिशा सरकार प्रत्येक विद्यार्थीको सुरक्षा, मर्यादा र कल्याण सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि सूचनामा उल्लेख छ।
भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)की नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी थिइन् । आइतबार साँझ होस्टेलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो।
उक्त घटनामा केआईआईटीले आफ्ना कर्मचारीहरूलाई निलम्बन गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण