भक्तपुरमा १९ वर्षका युवक मृत भेटिए
मङ्गलबार, ०६ फागुन २०८१, १९ : १२
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा १९ वर्षका युवा मृत अवस्थामा फेला परेका छन् । मंगलबार दिउँसो ३ बजेतिर खोरियागाउँमा निरोज लामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपाउनेले रातोपाटीलाई बताए ।
लामा उनका साथी २१ वर्षीय बादल तामाङको घरमा बस्दै आएका थिए । गएराति छुट्टाछुट्टै सुतेका उनीहरू ढिलासम्म नउठेपछि ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटिएका हुन् । उनीहरू दुवैजना ट्याक्टर जोत्ने काम गर्थे ।
मृतकको निधारमा चोट देखिएको छ । बादल तामाङलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको डीएसपी नेउपाउनेले बताए । गएराति दुवैजनाले मदिरा सेवन गरेको बादलले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण