च्याम्पियन्स लिग : नकआउट चरणमै टुंगियो एसी मिलानको यात्रा
बुधबार, ०७ फागुन २०८१, ०१ : ५४
काठमाडौं । इटालियन क्लब एसी मिलानको च्याम्पियन्स लिग यात्रा टुंगिएको छ । मंगलबार राती भएको नकआउट चरण प्लेअफ अन्तर्गत दोस्रो लेगमा नेदरल्याण्ड्सको फेयनूर्डसँग १-१ को बराबरी खेलेसँगै एसी मिलानको यात्रा टुंगिएको हो ।
समग्रमा एसी मिलान २-१ ले पछि पर्दै च्याम्पिन्स लिगको नकआउट चरणबाट बाहिरिएको हो । यसअघि पहिलो लेगमा मिलान १-० ले हारेको थियो । मंगलबार राती मिलानका लागि सान्टियागो गिमिनेजले एक गोल गरे भने फेयनूर्डका जुलियन कर्राजाले बराबरी गोल फर्काए ।
पहिलो हाफ लगत्तै मिलानका एक खेलाडी रातो कार्ड खाँदै मैदानबाट बाहिरिए भने इन्जुरी समयमा फेयनूर्डका खेलाडीले पनि रातो कार्ड खाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण