बायर्न म्युनिख, क्लब ब्रुग र बेनिफिका च्याम्पियन्स लिगको अन्तिम १६ मा
बुधबार, ०७ फागुन २०८१, ०५ : १७
काठमाडौं । जर्मनीको बायर्न म्युनिख, बेल्जियमको क्लब ब्रुग र पोर्चुगलको बेनिफिका च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् । मंगलबार राती नकआउट चरण प्लेअफ दोस्रो लेगमा सपलता हासिल गर्दै यी टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका हुन् ।
जर्मनीको बायर्न मुनिखले स्कट ल्याण्डको सेल्टिकसँग १-१ को बराबरी गर्दा समग्रमा ३-२ ले जित हासिल गर्यो । पहिलो लेग २-१ ले जितेका कारण बायर्न अन्तिम १६ मा पुगेको हो ।
इटालीको एटलान्टालाई ३-१ ले हराएको क्लब ब्रुगले समग्रमा ५-२ को नतिजा निकाल्दै अन्तिम १६ को यात्रा गर्यो । यस्तै, बेनिफिकाले फ्रान्सको एएस मोनाकोलाई ३-३ को बराबरीमा रोकेर समग्रमा ४-३ को नतिजाले पछि पार्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।
यसैबीच, इटालीको एसी मिलानलाई हराउँदै नेदरल्याण्डसको फेयनूर्ड समेत अन्तिम १६ मा प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण