एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि
बुधबार, ०७ फागुन २०८१, ०७ : ०६
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा हिजोबाट सुरु भएको बैठकले आज पनि निरन्तरता पाउने भएको हो ।
हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित भएको थियो । बैठकले उक्त प्रतिवेदनसहित सात वटा प्रस्ताव अनुमोदन गरेको छ। उक्त प्रतिवेदन यही फागुन ८ गते केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ ।
बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, तत्कालीन कार्ययोजना, सरकारले ल्याएको अध्यादेश, प्रकृति लम्साल मृत्यु प्रकरण र समसामयिक प्रस्ताव पारित गरेको थियो ।
बैठकले अध्यादेश देश र जनताको हितमा नभएकाले संसद्मा निर्णयार्थ प्रस्तुत गरिएमा त्यसको विपक्षमा मतदान गर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण