‘कर्णालीका लागि काठमाडौँ दुर्गम हो’
सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका लागि काठमाडौँ दुर्गम लाग्ने बताएका छन् । काठमाडौँलाई कर्णाली दुर्गम लागेजस्तै कर्णालीका जनताका लागि पनि काठमाडौँ दुर्गम लाग्ने बताएका हुन् ।
‘हिजोका राजा महाराजाहरुले लडाका कारण कर्णालीलाई पछि पारिएको हो,’राससको ६४ औँ स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले भने, ‘पछि परेको हैन, पारिएको हो ।’
सिंहदरबारभित्रको मानसिकताले कर्णाली पछि पारिएको उनको भनाइ छ । राज्य सत्ताको दमनका विरुद्धमा कर्णालीले पटक–पटक विद्रोह गरेको बताउँदै शर्माले अझै पनि काठमाडौँले कर्णालीप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताए ।
शर्माले संविधानमा लेखेको समाजवाद उन्मुख राज्य व्यवस्थाको विषयमा साझा निष्कर्ष आउन जरुरी रहेको बताए । संविधानको स्पिड अनुसार काम गर्न केन्द्र सरकारले नचाहेका कारण सङ्घीयता ठिक तरिकाले लागू नभएको उनको दाबी छ ।
‘सङ्घीयता कार्यान्वयनमा केन्द्र सरकार उल्टो बाटो हिँडेको छ,’ शर्माले भने, ‘सन्दुक र बन्दुक बिनाको प्रदेश हुन्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
-
आवासीय चिकित्सकलाई अत्यधिक समय कार्य नगराउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण