भारतको केआईआईटीबाट १ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए

काठमाडौँ । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि सय जनाभन्दा बढी विद्यार्थी नेपाल फर्किएका छन् । रक्सौल नाकाबाट अहिलेसम्म ९६ जना नेपाल फर्किएको पर्साका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । उनले भने, ‘बुधवार बिहानदेखि अहिलेसम्म ९६ जना वीरगन्ज आइपुगेका छन् ।’
उनीहरूलाई प्रहरीले बारा, रौतहट र पर्सास्थित उनीहरूको घरसम्मा जान सहजीकरण गरेको छ । काँकडभिट्टा नाका र विराटनगर हुँदै पनि विद्यार्थीहरू फर्किएका छन् । विराटनगरमा आएर ५ जना विद्यार्थीले आफूहरू स्वदेश फर्किएको जानकारी गराएको प्रहरी प्रवक्ता (डीआईजी) दिनेश आचार्यले रातोपाटीलाई बताए ।
उडिसास्थित केआईआईटी विश्वविद्यालयको अवस्था सामान्य बन्दै गएको छ । नेपालबाट अध्ययन गर्न गएकी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालयको अवस्था तनावग्रस्त बनेको थियो । विश्वविद्यालय प्रशासनले नेपाल विद्यार्थीहरुलाई इमले गरेर फर्किन आग्रह गरेको नेपाल आइपुगेको विद्यार्थीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य