भारतको केआईआईटीबाट १ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए
काठमाडौँ । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि सय जनाभन्दा बढी विद्यार्थी नेपाल फर्किएका छन् । रक्सौल नाकाबाट अहिलेसम्म ९६ जना नेपाल फर्किएको पर्साका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । उनले भने, ‘बुधवार बिहानदेखि अहिलेसम्म ९६ जना वीरगन्ज आइपुगेका छन् ।’
उनीहरूलाई प्रहरीले बारा, रौतहट र पर्सास्थित उनीहरूको घरसम्मा जान सहजीकरण गरेको छ । काँकडभिट्टा नाका र विराटनगर हुँदै पनि विद्यार्थीहरू फर्किएका छन् । विराटनगरमा आएर ५ जना विद्यार्थीले आफूहरू स्वदेश फर्किएको जानकारी गराएको प्रहरी प्रवक्ता (डीआईजी) दिनेश आचार्यले रातोपाटीलाई बताए ।
उडिसास्थित केआईआईटी विश्वविद्यालयको अवस्था सामान्य बन्दै गएको छ । नेपालबाट अध्ययन गर्न गएकी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालयको अवस्था तनावग्रस्त बनेको थियो । विश्वविद्यालय प्रशासनले नेपाल विद्यार्थीहरुलाई इमले गरेर फर्किन आग्रह गरेको नेपाल आइपुगेको विद्यार्थीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण