यस्तो छ माओवादी केन्द्रको हुलाकी मार्ग केन्द्रित कार्यतालिका (परिपत्रसहित)
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र)ले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियानको समय तालिकालाई अन्तिम रूप दिएको छ । पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार अभियानलाई अन्तिम रूप दिएर मातहतको समितिलाई परिपत्र पठाएको छ ।
अभियानको उद्घाटन यही फागुन १२ गते झापाको कचनकवलको बनियानी बजारमा हुने र समापन चैत्र ७ गते कञ्चनपुरमा हुने परिपत्रमा उल्लेख छ । अभियानको नाम: जनतासँग माओवादी, तराई मधेस जागरण अभियान राखेको छ । समय कार्यतालिका सामान्यतया: एक जिल्लामा एक दिनको कार्यक्रम हुने गरी विभाजन गरिएको छ । फागुन २० गते अध्यक्ष प्रचण्ड थारु मोर्चाको सम्मेलनको उद्घाटन गर्न कैलालीको टिकापुर जानुपर्ने भएकाले त्यो दिनको कार्यक्रम स्थगित गरिएको छ ।
यसैगरी अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि हुने छ भने अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम हुने उल्लेख छ । बिहान, दिउँसो र बेलुका गरी स–साना तीन वटा कार्यक्रम तय गर्न सकिने छ ।
अभियान टोलीमा प्रचण्डको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली र केही सञ्चारकर्मी साथीहरू रहने छन् । सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक र जनसमुदायहरू अभियानमा सहभागी हुनेछन् । अभियान सञ्चालनको लागि स्वयंसेवकको व्यवस्था सम्बन्धित प्रदेश समितिहरूले गर्नुपर्ने छ । साथै स्थानीय विशेषतासहितका सांस्कृतिक टोलीहरू, स्थानीय भेषभुषा, झाँकीहरू, स्थानीय पार्टी समितिहरूले तय गर्नुपर्ने छ । अभियानको व्यवस्थापन सम्बन्धित प्रदेश इञ्चार्जको नेतृत्वमा सम्बन्धित जिल्ला पार्टीहरूले गर्ने छन्।
यस्तो छ अभियानको समय तालिका:
कोशी नं– १
झापा– फागुन –१२ गते
मोरङ– फागुन १३ गते
(फागुन– १४ गते शिवरात्रि)
सुनसरी – १५ गते
मधेस प्रदेश
सप्तरी– फागुन १६ गते
सिराहा– फागुन १७ गते
धनुषा– फागुन १८ गते
महोत्तरी– फागुन १९ गते
सर्लाही– फागुन २१ गते
रौतहट– फागुन २२ गते
बारा– फागुन २३ गते
पर्सा– फागुन २४ गते
बागमती प्रदेश
चितवन– फागुन– २५ गते
गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते
लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते
रुपन्देही– फागुन २८ गते प्रचण्डबाट बुटवलमा मगर मोर्चाको सम्मेलनको उद्घाटनसमेत हुने)
कपिलवस्तु– चैत्र २ गते
दाङ– चैत्र ३ गते
बाँके– चैत्र ४ गते
बर्दिया– चैत्र ५ गते
सुदूरपश्चिम प्रदेश
कैलाली–चैत्र ६ गते
चैत्र ७ गते कञ्चनपुर पुगेर अभियानको समापन गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण