हेटौँडा अस्पतालमा प्रसूति विभागका २ सिटमा पीजी अध्ययन गराइने
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्त्री तथा प्रसूति विभागका २ सिटमा स्नातकोत्तर तहको विशेषज्ञ स्वास्थ्य शिक्षा (पीजी) अध्ययन गराउने भएको छ । चिकित्सा शिक्षा आयोगले तोकेको सिट अनुसार प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालमा स्त्री तथा प्रसूति विभागको २ सिटमा पीजी अध्यापन गराइने भएको हो ।
बागमती प्रदेश सरकारको लगानीमा चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई हेटौँडा अस्पतालमा स्त्री तथा प्रसूति विभागको २ सहित अन्य विभिन्न विभागका ८ सिट विशेषज्ञ स्वास्थ्य शिक्षा पढाउने भएको प्रतिष्ठानका सूचना अधिकारी अमर अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानका लागि आयोगले स्त्री तथा प्रसूति विभागका २ र फिजिसियन, सर्जरी विभाग, बालरोग विभाग, हाडजोर्नी तथा नशारोग विभाग, फेमिली फिजिसियन, एनेस्थियोलोजिका १/१ सिटमा अध्यापन गराउने गरी अनुमति प्राप्त भएको छ ।
पीजी कक्षा सञ्चालन गर्दा अस्पतालको स्वास्थ्य सेवाको गुणस्तर सुधार हुनु साथै विद्यार्थीहरूले नवीनतम चिकित्सा ज्ञान तथा प्रविधिको प्रयोग गरेर उपचार प्रक्रियालाई प्रभावकारी बनाउन मद्दत गर्ने उनको भनाई छ । विशेषज्ञ चिकित्सा सेवाहरू विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । पीजी कक्षा सञ्चालनबाट विशेषज्ञ चिकित्सकहरूको निगरानीमा विद्यार्थीहरू रहने र सेवा थप व्यवस्थित हुने उनले विश्वास व्यक्त गरे ।
पीजी अध्यापन मार्फत बिरामीहरूको उपचारमा सुधार ल्याउनुको साथै प्रशिक्षित चिकित्सकहरूमा दक्षता र अनुभव वृद्धि हुने उनले बताए । विद्यार्थीहरूले तिर्ने शुल्कबाट अस्पतालको आम्दानी बढ्ने र विशेषज्ञ सेवाहरू मार्फत बिरामीहरूको उपस्थिति बढ्ने उनले बताए । विद्यार्थीहरूसँगको सहकार्यमा अस्पतालले नयाँ विशेषज्ञ सेवा तथा विभागहरू खोल्न सहयोग पुग्ने अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण