तराई-मधेस जागरण अभियानको तयारीलाई तीव्रता दिँदै माओवादी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले तराई मधेस जागरण अभियानको तयारीलाई तीव्रता दिएको छ ।
हुलाकी सडक हुँदै हुने सो अभियान फागुन १२ गते झापामा उद्घाटन हुनेछ । समापन चैत ७ गते कन्चनपुरमा हुने माओवादी केन्द्रले जनाएको छ । सो अभियानको क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' हुलाकी सडकमा आठ दिनसम्म रहने जनाइएको छ ।
मधेसका आठ जिल्लामा एक-एक दिन प्रचण्डले बिताउने कार्यक्रम रहेको माओवादी केन्द्रका उपमहासचिव एवं मधेस प्रदेशका इन्चार्ज मातृका यादवले बताए ।
कार्यक्रम सफल बनाउन मधेस प्रदेशका नेता तथा कार्यकर्ताहरू तीव्र तयारीमा जुटेका छन् । जिल्ला जिल्लामा बैठक बस्नुको साथै स्थानीयस्तरमा पनि त्यसको तयारी भइरहेको इन्चार्ज यादवको भनाइ छ ।
मधेस प्रदेशका जिल्ला तथा गाउँ-गाउँमा प्रचण्डलाई कसरी स्वागत गर्ने, कार्यक्रमलाई कसरी सफल बनाउने, बढीभन्दा बढी कार्यकर्ता कसरी भेला गर्ने विषयमा छलफल चलिरहेको छ । अध्यक्ष प्रचण्ड फागुन १५ गते सप्तरी पुग्ने कार्यक्रम छ । राति सप्तरीमा उनको बास हुनेछ भने फागुन १६ गतेदेखि मधेस प्रदेशको अभियान औपचारिक रूपमा सञ्चालन हुने बताइएको छ ।
सिरहामा १७ गते, धनुषामा १८ र महोत्तरीमा १९ गते कार्यक्रम हुने तय भएको छ । फागुन २० गते अध्यक्ष प्रचण्ड थारू मोर्चाको सम्मेलन उद्घाटन गर्न कैलालीको टीकापुर जानुपर्ने भएकाले फागुन २० गते एक दिन कार्यक्रम नहुने बताइएको छ ।
फागुन २१ सर्लाही, २२ रौतहट, २३ गते बारा र २४ गते पर्सामा कार्यक्रम समापन हुने पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण