लाज शरणम् विवाद : माग्ने बुढा भन्छन्, ‘क्यारिकेचर पेसा ‘लोपोन्मुख’ होला जस्तो छ’
बुधबार, ०७ फागुन २०८१, १९ : ५४
काठमाडौँ । कलाकार केदार घिमिरे ‘माग्ने बुढो’ले क्यारिकेचर पेसा पनि अब ‘लोपोन्मुख पेसा’ हुन सक्ने बताएका छन् । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाज शरणम्’ को प्रचारमा अदालतले रोक लगाएपछि उनले सो कुरा बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘क्यारिकेचर गर्ने पेसा पनि अब लोपोन्मुख पेसा होला जस्तो छ । नमिले फ्लप, मिले लफडा ।’
उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको इजलासले मंगलबार चलचित्रको प्रचारमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको थियो । कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतको आदेशले थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमले दायर गरेको रिटमा यस्तो आदेश गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण