सर्लाहीमा गोलभेँडाको भाउ घट्दा किसान निराश, लागत उठाउनै मुस्किल
सर्लाही । सर्लाहीका किसान गोलभेँडाको अत्यन्तै कम मूल्यका कारण ठुलो आर्थिक मारमा परेका छन् । लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाका किसानले व्यावसायिक रूपमा उत्पादन गरेको गोलभेँडा प्रतिकिलो चारदेखि आठ रुपियाँमा बिक्री गर्न बाध्य भएका छन् ।
हुस्सु हटेर घाम चर्किएपछि एकै पटक पाकेका गोलभेँडाले उचित मूल्य नपाउँदा किसान निराश भएका हुन् । हरिवन नगरपालिका – ४, सासापुरका किसान बिदेसी महतोका अनुसार लागत समेत नउठ्ने मूल्यमा गोलभेँडा बेच्नु परेको छ ।
'जोताइ, बिउ, मल, विषादी सबै खर्च गरेर गोलभेँडा उत्पादन गर्दा पनि यो मूल्यले किसानलाई ठुलो घाटा भएको छ,' महतोले गुनासो गरे । कीटनाशक विषादी धेरै प्रयोग गर्नुपर्ने हुँदा खर्च झन् बढेको किसानहरू बताउँछन् ।
कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष तोरनबहादुर मगरका अनुसार काठमाडौँमा टनेलमा उत्पादन भएको गोलभेँडा अत्यधिक भित्रिएकोले यहाँबाट निर्यात गर्न कठिन भएको छ ।
लालबन्दी थोक बजारबाट दैनिक ६०–७० टन गोलभेँडा काठमाडौँ तथा अन्य सहरहरूमा निर्यात हुने गरे पनि यस वर्ष बजारमा खपत नहुँदा बारीमै कुहिने अवस्थामा पुगेको छ ।
स्थानीय सरकारको हस्तक्षेप नहुँदा समस्या झन् चर्किएको किसानहरूको गुनासो छ । लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले गोलभेँडा चाँडै कुहिने भएकाले किसान बाध्य भएर सस्तोमा बेच्नुपरेको बताए । नगरपालिकाले विगतमा गोलभेँडाको सस बनाउने तालिम दिए पनि बजारीकरणका लागि ठोस पहल गर्न नसकेको अधिकारीले स्वीकार गरे ।
किसानले उचित मूल्य नपाए गोलभेँडा खेतीमै सङ्कट आउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण