मेस्सीको निर्णायक गोल, मियामीको जित
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले गरेको एकमात्र गोलको मद्दतमा अमेरिकी क्लब इन्टर मियामीले बिहीबार बिहान सम्पन्न खेलमा स्पोर्टिङ कान्सास सिटीलाई पराजयको स्वाद चखाएको छ ।
उक्त खेल कनकाकाफ च्याम्पियन्स कपअन्तर्गत खेलिएको हो । पहिलो चरणको उक्त खेल निकै प्रतिस्पर्धात्मक थियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
निर्धारित समयको ५६औँ मिनेटमा अर्जेन्टिनी स्टार मेस्सीले निर्णायक गोल गरेका थिए । आठपटकका बालोन डी’ओर विजेता मेस्सीले सर्जियो बुस्केट्सको आकर्षक पासमा उक्त गोल गरेका थिए ।
पहिलो हाफमा इन्टर मियामीले प्रतिद्वन्द्वीमाथि गतिलो दबाब बनाएको थियो । मियामीका खेलाडीले विपक्षीको पोष्टमा एकपछि अर्को प्रहार गरेका थिए । तर, गोल भने गर्न सकेको थिएन ।
खेलका क्रममा स्पोर्टिङ कान्सास सिटीले पनि गोल गर्ने केही गतिला अवसर खेर फालेको थियो । इन्टर मियामी र स्पोर्टिङ कान्सास सिटीबिचको दोस्रो लेग खेल फेब्रुअरी २५ तारिखमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण