हलिउड फिल्ममा सलमान ? लिक भयो फर्स्ट लुक
मुम्बई । बलिउड अभिनेता सलमान खान आफ्नो आगामी चलचित्र सिकन्दरलाई लिएर चर्चामा छन् । अर्कोतर्फ सलमानले हलिउड चलचित्रमा काम गरिरहेको खबर पनि बाहिर आएको थियो ।
अहिले उनले कथितरुपमा काम गरिरहेको हलिउडका चलचित्रको फर्स्ट लुक सार्वजनिक भएको छ । उनको यो फर्स्ट लुक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सलमानले काम गरिरहेको यो चलचित्रबारे धेरै जानकारी भने आएको छैन । मिडिया रिपोर्टका अनुसार यस चलचित्रमा सलमानसँगै सञ्जय दत्त पनि देखिनेछन् ।
भिडियो सार्वजनिक भएपछि सलमानले हलिउडको चलचित्रको सुटिङ सुरु गरेको दाबी गरिएको छ । यसमा सलमान र सञ्जयको केमियो हुनेछ । मध्यपूर्वका दर्शकहरूलाई आकर्षित गर्न उनीहरूलाई यस चलचित्रको हिस्सा बनाइएको बताइन्छ ।
सलमानको आगामी चलचित्र सिकन्दरलाई चर्चित निर्देशक ए.आर. गुरुगदासले निर्देशन गर्दैछन् । यो चलचित्र सन् २०२५ को इदमा रिलिज हुनेछ ।
चलचित्रमा रश्मिका मन्दाना, काजल अग्रवाल, सत्यराज, शरमन जोशी र प्रतीक बब्बरलगायत कलाकारको पनि भूमिका रहनेछ । हालै निर्माण पक्षले चलचित्रको नयाँ पोस्टर पनि सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण