एआईजी केसीको राजीनामा स्वीकृत
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीको राजीनामा स्वीकृत भएको छ । फागुन ६ मा बसेको मन्त्रिपरिषद् बैठकले केसीको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए ।
बढुवा सिफारिस गर्नुअघि नै उनलाई राजीनामा बुझाउन बाध्य पारिएको थियो । बढुवा सिफारिस हुनुअघि उनले बुझाएको राजीनामाको विषय माघ २७ मा बाहिरिएको थियो ।
कर्णाली प्रदेशका डीआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्न केसीलाई राजीनामा दिन बाध्य पारिएको प्रहरीका एच्च अधिकृतहरु बताउँछन् । त्यसबारे गृहमन्त्री रमेश लेखकले दुवै जनालाई राखेर मन्त्रालयमा छलफल गराएको गृह मन्त्रालयका अधिकृतहरु बताउँछन् ।
राजनीतिक पहुँच र आर्थिक चलखेलका कारण भट्टराईलाई एआईजीमा बढुवा गर्न खोजिएको छ । केसी र भट्टराई एउटै ब्याचका अधिकृत हुन् । एआईजीमा बढुवा भएपनि भट्टराई २०८१ चैत ५ मा अवकाशमा जाँदै छन् । विशिष्ट श्रेणीमा बढुवा भएर त्यसपछिका नियुक्तिमा अवसर लिनेगरी भट्टराई एआईजी हुन खोजेको जानकारहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण