अमरेश सिंहको कार्यक्रममा सहभागी भएको भन्दै मन्त्री रायसँग सोधियो स्पष्टीकरण
सर्लाही । नेपाली कांग्रेस सर्लाहीले क्षेत्र नं. २ का क्षेत्रीय सभापति तथा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायलाई स्पष्टिकरण सोधेको छ। संघीय सांसद डा. अमरेशकुमार सिंहको कार्यक्रममा सहभागी भएको भन्दै कांग्रेसको जिल्ला अनुशासन समितिले रायलाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो।
फागुन ३ गते क्षेत्र नं. ४ को बलरामामा सांसद सिंहले आयोजना गरेको शिक्षक सम्मान कार्यक्रममा राय सहभागी भएका थिए। सिंह कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर सांसद निर्वाचित भएका थिए।
जिल्ला उपसभापति तथा अनुशासन समितिका संयोजक डा.सरोज कुमारद्वारा हस्ताक्षरित पत्रमा रायले अन्य नेताहरुको कार्यक्रममा भाग लिएर आफ्नै पार्टीका नेतालाई आरोप तथा गालीगलौच गरेको उल्लेख छ।
सर्लाही कांग्रेसमा संस्थापन पक्ष र इतर पक्षबीच मतभेद रहँदै आएको छ। यस घटनाले पार्टीभित्रको आन्तरिक विभाजन थप चर्किएको संकेत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण