रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा

सिराहा । सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको रहस्यमय मृत्यु प्रकरणमा पीडित परिवारले सामूहिक बलात्कार र शङ्कास्पद घटनासँग जोडिएका ८ जनाविरुद्ध पूरक जाहेरी दिएका छन्।
इलाका प्रहरी कार्यालय, लहानमा दर्ता गरिएको जाहेरीमा कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक, र लेनदेन मिलापत्रसम्बन्धी चार वटा आरोप समेटिएको छ।
परिवारका अनुसार, सामूहिक बलात्कारमा संलग्न तीन जनासहित घटनालाई मिलाउन सक्रिय पाँच जना गाउँका पञ्चमाथि पनि जाहेरी परेको छ। सिरहाका प्रहरी उपरीक्षक रमेश पण्डितले पूरक जाहेरी दर्ता भइसकेको र अनुसन्धान अघि बढिरहेको बताए। तर अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन।
माघ ३० गते आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी रिंकुलाई माघ २७ गते राति बाहिर शौच गर्न जाँदा सामूहिक बलात्कार गरिएको खुलेको छ। घटनापछि गाउँमा पञ्चायती बैठक बसेर पीडकहरूलाई जरिवाना तिराउने र प्रहरीसम्म घटना पुग्न नदिने प्रयास गरिएको थियो।
घटनाबारे थप छानबिनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले समिति गठन गरी अनुसन्धान अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा एमालेको छलफल
-
फेवातालबाट ३ जना इजरायली पर्यटकको उद्दार
-
मर्मतपछि कुलेखानी तेस्रोबाट पुनः विद्युत् उत्पादन सुरू
-
मोदीको चेतावनी : हामीले १ सयभन्दा बढी आतंककारी मार्यौँ, पाकिस्तानको मनोवृत्ति हेरेर थप कारबाही गर्छौँ
-
वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध
-
अमेरिकाकाे चेतावनी : युद्ध नरोके व्यापारमा सघाउँदैनौँ