दुईपटक फाइनलमा म्यान अफ दि म्याच बन्ने एकमात्र खेलाडी
शुक्रबार, ०९ फागुन २०८१, १३ : ४२
काठमाडौँ । च्याम्पियन्स ट्रफीको इतिहासमा लगातार दुई पटक फाइनल खेलमा म्यान अफ दि म्याच घोषित हुने एकमात्र खेलाडी अस्ट्रेलियाका शेन वाट्शन हुन् । सन् २००६ मा च्याम्पियन्स ट्रफीको उपाधि अस्ट्रेलियाले जितेको थियो । अस्ट्रेलियाले फाइनलमा वेस्ट इन्डिजलाई हराएको थियो ।
त्यतिबेला शेन वाट्शन फाइनलमा म्यान अफ दि म्याच घोषित भएका थिए । त्यो फाइनलमा उनले अविजित ५७ रन बनाएका थिए भने दुई विकेट पनि लिएका थिए । त्यसपछि सन् २००९ मा पनि अस्ट्रेलियाले च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । फाइनलमा न्युजिल्यान्डलाई हराएको थियो ।
त्यतिबेला पनि फाइनलमा शेन वाट्शन प्लेयर अफ दि म्याच घोषित भएका थिए । अस्ट्रेलियालाई उपाधि चुमाउन उनको भूमिका महत्वपूर्ण थियो । उनले फाइनलमा अविजित एक सय पाँच रन बनाउँदै अस्ट्रेलियालाई जित दिलाएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण