जेलेन्कस्कीसँग निराश छन् ट्रम्प, खनिज सम्झौता गर्नुपर्ने
वासिङटन डीसी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चिढाएका छन् । वार्ताको टेबलमा फर्किएर अमेरिकासँग दुर्लभ खनिज सम्झौता गर्नुको विकल्प उनीसँग नभएको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले भनेका छन् । दुर्लभ खनिज दिनु पर्ने अमेरिकी माग बुधबार जेलेन्स्कीले अस्वीकार गरेका थिए ।
अमेरिकाले युक्रेनलाई निकै ठुलो रकम सहायता दिएको भन्दै युक्रेनले खनिज चलाउन दिए सोही अनुसार भविष्यमा सहायता दिने बताएका थिए । तर जेलेन्स्कीको अभिव्यक्तिले किभमा जेलेन्स्की र युक्रेनका लागि अमेरिकी दूत किथ केलगगको भेट्न सम्भावना छायाँमा परेको बिहीबार ह्वाइट हाउसको ब्रिफिङमा वाल्ट्जले भनेका थिए । जेलेन्स्कीले ट्रम्पले स्विकार्नै नसक्ने खालको अपमान गरेको र यो देखेर ह्वाइट हाउस निकै निराश भएको वाल्ट्जको भनाइ थियो ।
युक्रेनसँग लिथियम र टाइटानियम समेतका कयौँ महत्त्वपूर्ण खनिज छन् । युक्रेनले यसअघि पाइरहेको सहयोगको बदलामा वा अब पाउने सहयोगको लागि भएपनि यी दुर्लभ धातु र खनिजमा अमेरिकालाई पहुँच दिनु पर्ने बिहीबार वाल्ट्जले भनेका थिए । तर जेलेन्स्कीले ‘म हाम्रो देश बेच्न सक्दिन’ भन्दै यो अफर अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण