परराष्ट्रमन्त्री शनिबार जेनेभातर्फ प्रस्थान गर्दै
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५८औँ सत्रको उच्चस्तरीय बैठकमा सहभागी हुन शनिबार स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्दै छन् । उक्त बैठक २४ देखि २६ फेब्रुअरी २०२५ सम्म जिनेभामा आयोजना हुनेछ ।
परराष्ट्रमन्त्री डा. देउवाले २४ फेब्रुअरीका दिन उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसबाहेक, आफ्नो भ्रमणको क्रममा उनले विभिन्न देशका समकक्षी परराष्ट्रमन्त्रीहरूसँग, संयुक्त राष्ट्रसंघका निकाय प्रमुखहरू, अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूसँग तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
नेपाललाई संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्य बन्न आवश्यक समर्थन जुटाउन पनि उनले विभिन्न राष्ट्रहरूसँग संवाद गर्नेछन् ।
परराष्ट्रमन्त्री डा. देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाल स्थायी मिशनका उच्च अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल पनि सहभागी हुनेछ ।
उनी २८ फेब्रुअरी २०२५ मा काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण