पाथीभरा केबलकार विवाद : समाचार सम्प्रेषण गर्दा आचारसंहिता पालना गर्न महासंघको आग्रह
काठमाडौँ । ताप्लेजुङस्थित पाथीभरा (मुक्कुम्लुङ) केबलकार परियोजना र नो केबलकार समूहबिच भइरहेको पछिल्लो घटनाक्रमको समाचार सम्प्रेषण सम्बन्धमा भइरहेको टीकाटिप्पणीप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको निर्बाध उपभोग गर्न पाउने पत्रकारको अधिकारको सम्मान गर्नु हरेक पक्षको दायित्व भएको महासंघले स्मरण गराएको हो । ‘कुनै पनि पक्षबाट यो या त्यो बहानामा पत्रकारमाथि दुर्व्यवहार गर्ने र अनावश्यक दबाब दिनेजस्ता हर्कत हुनु स्वतन्त्रता र व्यावसायिक पत्रकारितामाथिको हस्तक्षेप हो । महासंघ यस्ता हर्कतप्रति खेद व्यक्त गर्दछ,’ महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस किसिमका घटना दोहोरिन नदिनेतर्फ गम्भीर हुन, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई सहज रूपमा समाचार संकलन तथा सम्प्रेषणको वातावरण मिलाउन महासंघले ध्यानाकर्षण गराएको छ ।
व्यावसायिक पत्रकारिताका लागि पत्रकार आचारसंहिता महत्त्वपूर्ण आधार भएको बताउँदै महासंघले यो घटनाका सन्दर्भमा पत्रकार आचारसंहिताको दायरामा रहेर पत्रकारिताको पेसागत मर्यादा कायम राख्दै तथ्यपरक, निष्पक्ष एवं मर्यादित भई समाचार एवं सूचना प्रवाहका लागि महासंघ सम्बन्धित सबै सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाई आग्रह पनि गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘समाचार बनाउँदा विषयवस्तुलाई अतिरञ्जित नगरी पत्रकारिताको मूल्यमान्यता पालना गर्न आह्वान गरिन्छ । महासंघ सुरक्षाको ख्याल गर्दै आफ्नो पेसागत धर्म निर्वाह गर्न सम्पूर्ण सञ्चारकर्मीहरूलाई आग्रह पनि गर्दछ ।’
साथै, महासंघले केबलकार परियोजना र नो केबलकार समूहबिच उत्पन्न विवादलाई वार्ता, छलफल र समझदारीका माध्यमबाट समाधान खोज्न सम्बद्ध पक्ष समक्ष आग्रह गर्दै यसतर्फ प्रेरित गराउन सञ्चारकर्मीहरूलाई अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण