डकेटको शानदार शतक, अस्ट्रेलियासामु विशाल लक्ष्य
लाहोर । आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह बीको दोस्रो खेलमा इंग्ल्याण्डले अस्ट्रेलियासामु जितका लागि ३ सय ५२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५१ रन बनाएको हो ।
टोलीका लागि ओपनर बेन डकेटले शतकीय इनिङ्स खेले । १४३ बलको सामना गर्दै १६५ रन जोडेका डकेटले १७ चौका र ३ छक्का प्रहार गरे ।
उनलाई जो रुटले ६८ रन बनाउँदै राम्रो साथ दिए । उनले ७८ बलमा ४ चौका प्रहार गरे । त्यस्तै, कप्तान जोस बट्लरले २३ रन, जेमी स्मिथले १५ रन तथा लियाम लिभिङ स्टोनले १४ रनको योगादन दिए । खेलको अन्त्यतिर जोफ्रा आर्चरले तीव्र गतिमा २१ रन जोडे ।
अस्ट्रेलियका लागि बेन ड्वार्सहुइसले ३ विकेट लिए । त्यस्तै, एडम जाम्पा र मार्नस लाबुसेनले २–२ विकेट तथा ग्लेन म्याक्सवेलले १ विकेट हात पारे ।
समूह बीमा अस्ट्रेलिया र इंग्ल्याण्डसहित दक्षिण अफ्रिका र अफगानिस्तान रहेका छन् । समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण