एकीकृत समाजवादीले बैठकका निर्णय सोमबार सार्वजनिक गर्ने
काठमाडौँ । आन्दोलनसहितका विभिन्न प्रस्तावहरु पारित गर्दै नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सकिएको छ । ललितपुरको जावलाखेलको दुई दिनसम्म बसेको बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालले पेस गरेका आन्दोलनद्वारा पार्टी निर्माणसहितका प्रस्ताव पारित गर्दै बैठक शनिबार राति सकिएको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन, नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा,अध्यादेश र महासचिव भुसालको आन्दोलनका तत्कालिक योजनालगायतका प्रस्ताव सुझावसहित बैठकले पारित गरेको हो । बैठकमा उठेका प्रस्नहरुलाई समेत समेटेर सचिवाल बैठकले ती प्रस्तावहरुलाई पूर्णता दिइनेछ ।
बैठकका निर्णय सार्वजनिक गर्न सोमबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरिने नेता अर्यालले जानकारी दिए ।


Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण