एकीकृत समाजवादीले बैठकका निर्णय सोमबार सार्वजनिक गर्ने
_YBt8Yqy9Om.jpg)
काठमाडौँ । आन्दोलनसहितका विभिन्न प्रस्तावहरु पारित गर्दै नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सकिएको छ । ललितपुरको जावलाखेलको दुई दिनसम्म बसेको बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालले पेस गरेका आन्दोलनद्वारा पार्टी निर्माणसहितका प्रस्ताव पारित गर्दै बैठक शनिबार राति सकिएको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन, नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा,अध्यादेश र महासचिव भुसालको आन्दोलनका तत्कालिक योजनालगायतका प्रस्ताव सुझावसहित बैठकले पारित गरेको हो । बैठकमा उठेका प्रस्नहरुलाई समेत समेटेर सचिवाल बैठकले ती प्रस्तावहरुलाई पूर्णता दिइनेछ ।
बैठकका निर्णय सार्वजनिक गर्न सोमबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरिने नेता अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो
-
आगामी बजेट सकारात्मक भएपनि कार्यान्वयनमा चुनौती : भगवती चौधरी
-
‘बाढीले क्षति पुगेका आयोजनाहरू पुनर्निर्माणका लागि बजेट विनियाेजन गरिएन’
-
एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
-
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु
-
विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु भ्रष्टाचार हो– सुवाल