झापा–११ सेमिफाइनलमा प्रवेश
भद्रपुर । झापा–११ दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा भएको दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।
झापा–११ का लागि खेलको १४औँ मिनटमा एरोन थापाले गोल गरे । उनले विपक्षी ‘गोलकिपर’ अगाडि बढेको फाइदा उठाउँदै मध्यभागबाट एक्लै बल अगाडि बढाउँदै गोल गरेका हुन् ।
चर्च ब्वाइजका लागि खेलको ४१औँ मिनेटमा विक्रम धिमालले बराबरी गोल गरे । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । खेलको ७९औँ मिनेटमा झापा–११ का कप्तान पेमा तामाङले निर्णायक गोल गरे । झापा–११ का कप्तान तामाङ ‘प्लेयर अफ दी म्याच’ भए ।
आइतबार तेस्रो क्वाटरफाइनल खेल न्युरोड टिम र बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद १३ लाख तथा उपविजेता टोलीले नगद सात लाख प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण