डुबेर दुई बालकको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा डुबेर २ जना बालकको मृत्यु भएको छ । कपिलवस्तु र रुपन्देहीमा डुबेर २ जना बालकको मृत्यु भएको हो ।
कपिलवस्तुको शुद्धोदन गाउँपालिका–३ सानो सिसनियास्थित गोल्ड इँटा भट्टामा काम गर्ने भारत गोरखपुर फटलाईजर घर भएका झिनक निसादको छोरा ९ महिनाको दिवांश निसादको डुबेर मृत्यु भएको छ ।
शनिवार दिउँसो सोही इँटा भट्टाभित्र रहेको पानी जम्मा भएको खाल्डोमा डुबेर निसादको मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको अलसेक अस्पताल लबनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बदेलपोखरी बस्ने यमबहादुर कामु मगरका छोरा ७ वर्षीय विपिन कामु मगरको पनि डुबेर मृत्यु भएको छ ।
सोही ठाउँस्थित कल्भर्टमा डुबेर शनिवार बेलुकी कामुको मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण