ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल
आइतबार, ११ फागुन २०८१, १६ : ००
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार नालायक,अयोग्य, असक्षम र देश तथा जनताप्रति गैरजिम्मेवार रहेको आरोप लगाएका छन् ।
आइतबार अखिल नेपाल महिला संघ (समाजवादी) को सातौँ केन्द्रीय बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकारले संविधान समेत कुल्चने बताएका हुन् ।
‘यो सरकार नालायक, अयोग्य, असक्षम र गैर जिम्मेवार मात्र होइन संविधान, नियम कानुन र विधान समेत कुल्चिन्छ’, अध्यक्ष नेपालको भनाइ छ ।
ओलीले संसद् विघटन गरेको पहिलाको नजिर रहेको नेपालले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले मुलुकको आर्थिक अवस्था कमजोर रहेको भन्दै सरकार नै अनुत्पादक क्षेत्रमा खर्च गर्न उद्यत रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण