निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
काठमाडौं । सिन्धुलीको एकदुम्जा—मरिनखोला—कपिलकोट—लालबन्दी सडक निर्माण कार्यस्थलमा श्रीजयन्ती—विरुवा—ड्रागन जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र कोइरालामाथि अज्ञात समूहबाट हातहतियारसहित आक्रमण गरी सख्त घाइते बनाइएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालले आइतबार विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गर्दै उक्त आक्रमणमा संलग्नलाई तत्काल कानुनी कठघरामा ल्याई कारबाही गर्न मागेका छन् । त्यस्तै पीडितलाई क्षतिपूर्ति दिन तथा देशभरका निर्माण व्यवसायीहरूसहित उनीहरूका उपकरणको समेत सुरक्षाको पूर्ण व्यवस्था मिलाउन महासंघले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।
निर्माण व्यवसायीहरूमाथि हुने यस किसिमका दण्डनीय अपराधमा संलग्नलाई कारबाही नगरिए देशभरका निर्माण कार्य ठप्प पारी पेसागत सुरक्षाका लागि महासंघ आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
निर्माण व्यवसायीहरूको सुरक्षाका विषयमा सरकार अझै गम्भीर नभएको महासंघले जनाएको छ । निर्माण व्यवसायीहरूको सुरक्षाका बारेमा मुलुकका सरोकारवाला सबै निकायलाई बारम्बार आग्रह गर्दै आए तापनि निर्माण व्यवसायीहरूमाथिको भौतिक आक्रमणका घटनामा कुनै कमी नआएको महासंघको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण