३३७२ जोर जुत्ता भन्सार छलेर ल्याएको आरोपमा तीन जनाविरुद्ध १० करोडको मुद्दा
काठमाडौँ । राजस्व अनुसन्धान विभागले भन्सारबाट चोरी पैठारी गरी जुत्ता ल्याएको आरोपमा तीन जनाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ।
रसुवा नाकाबाट ३ हजार ३ सय ७२ जोर ब्रान्डेड जुत्ता चोरी पैठारी गरी ल्याएको आरोपमा सिन्धुपाल्चोक, लिशंखुपाखर गाउँपालिका वडा-६ का बुद्ध लामा, उनलाई सघाउने कुमार श्रेष्ठ र भन्सार एजेन्ट नौलबहादुर तामाङविरुद्ध विभागले मुद्दा दायर गरेको जनाएको छ।
लामाविरुद्ध २ करोड ८० लाख ६६ हजार बिगो कायम गरी त्यति नै जरिवाना र कैद मागदाबी गरिएको छ भने गुल्मी रुरुका श्रेष्ठविरुद्ध एक करोड २५ लाख ६७ हजार रुपैयाँ बिगो कायम गरी बिगोको शतप्रतिशत जरिवानासँगै कैद मागदाबी गरिएको छ।
यस्तै तामाङविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ मतियारलाई हुने सजायको मागदाबी गरिएको छ।
उनीहरूबाट कुल ५ करोड ४२ लाख बिगो र शतप्रतिशत जरिवाना गरी १० करोड ८४ लाख मागदाबी गरी विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
त्यसैगरी 'जाँचपासमा संलग्न रसुवा भन्सार कार्यालयका तत्कालीन कर्मचारीहरूलाई समेत विभागीय कारबाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत भन्सार विभागमा लेखी पठाइएको छ।' विभागले आज जारी गरेको विज्ञप्तिमा भनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण