प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रवास एसियामा रहेका देशहरुमा कार्यरत नेपालीलाई संगठित गर्न अभियान चलाउने भएको छ । केन्द्रमा जनतासँग माओवादी अभियान चलाउन लागेको पार्टीले प्रवासमा समेत अभियान सञ्चालन गर्न लागेको हो।
नेकपा माओवादी केन्द्रको प्रवास एसिया संगठन समितिको आइतबार सम्पन्न भर्चुअल बैठकले ‘प्रवासी मजदुरसँग जनप्रगतिशील मञ्च’ अभियान सञ्चालन गर्न लागेको समितिका अध्यक्ष शनि कुमार वलीले जानकारी दिए । ‘समाजवादी गणतन्त्र निर्माणमा प्रवासी मजदुरको ऐक्यबद्धता, सामाजिक सुरक्षा सहित मजदुरहरूको हकहितका निम्ति जनप्रगतिशिल मञ्चको प्रतिबद्धता’ भन्ने नाराका साथ सोमबारदेखि ६ महिनासम्म अभियान सञ्चालन हुने उनको भनाइ छ ।
प्रवास एसिया संगठन समिति इन्चार्ज ओम शर्माको प्रमुख आतिथ्यता रहेको बैठकमा सहइन्चार्ज डीबी क्षत्री विशेष अतिथि थिए । बैठकले केन्द्रमा जस्तै प्रवासमा ६ महिने अभियान गर्ने र उक्त अभियान तीन चरणमा हुने वलीको भनाइ छ ।
जसअनुसार समिति मातहतका सबै देशहरूका कमिटीले सोमबारदेखि अभियान सुरु गर्नेछन् । जसअनुसार पूर्वी एसियामा वली र पश्चिम एसियामा डीबी क्षेत्रीले अभियानको संयोजन गर्ने गरी नेतृत्व गर्नेछन् ।
अभियान अन्तर्गत पहिलो २ महिना सदस्यता वितरण, दोस्रो २ महिना संगठन निर्माण र तेस्रो चरणमा प्रशिक्षण तथा संगठन निर्माण अभियान चलाउने सहइन्चार्ज क्षत्रीले बताए । अभियानअनुसार १० हजार सदस्य थप्ने गरी कार्ययोजना बनाइएको उनको भनाइ छ ।
बैठकमा वलीले अभियानको खाका प्रस्तुत गरे भने प्रमुख अतिथि शर्माले प्रवासबाट पार्टीको पक्षमा माहौल सिर्जना गर्न सबै उत्साहका साथ लाग्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण