एसपीए कैलाली प्रिमियर लिग क्रिकेट : सेमिफाइनल समीकरण पूरा
काठमाडौँ । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी एसपीए कैलाली प्रिमियर लिगको सेमिफाइनल समीकरण पुरा भएको छ । सोमबार सम्पन्न समूह ‘डी’ अन्तर्गतको अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई हराएसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुङ्गो लागेको हो ।
यसअघि, समूह ‘ए’ बाट कैलालीको गोदावरी नगरपालिका, समूह ‘बी’ बाट कञ्चनपुरको पुनर्वास ‘बी’ टोली र समूह ‘सी’ बाट बाजुराको त्रिवेणी नगरपालिका समूह विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन । तेस्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको थियो ।
लिग कम नकआउटका आधारमा खेलाइएको उक्त प्रतियोगितामा हरेक समूहको विजेता टोली सेमिफाइनल पुग्ने प्रावधान थियो । पहिलो सेमिफाइनल खेल मङ्गलवार बिहान ९ः०० बजे गोदावरी नगरपालिका र पुनर्वास ‘बी’ टोलीबिच खेलिने छ ।
यसैगरी, दोस्रो सेमिफाइनल पनि मङ्गलवार नै दिउँसो १४ः ०० बजे बाजुराको त्रिवेणी नगरपालिका र भिमदत्तबिच हुनेछ । फाइनल खेल भने फागुन १४ गते दिउँसो १३ः ०० बजेबाट धनगढीको फाप्ला मैदानमा सुरु हुनेछ ।
सोमबारको खेलमा लम्कीचुहा नगरपालिकाले दिएको ९७ रनको लक्ष्य भिमदत्तले १६ ओभरमा पाँच विकेट गुमाएर ९९ रन बनाउँदै पार गरेको थियो । भिमदत्तका लागि साजन बिटालुले अविजित ३१ रनको योगदान गरे ।
मिलन बोहराले पनि अविजित २६ रन बनाए । लम्कीचुहाका डम्बर माझीले दुई विकेट लिए । सुरेश भण्डारी र सागर बीसीले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको लम्कीचुहाले १९.२ ओभरमा अलआउट हुनुअघि ९६ रन बनाएको थियो । लम्कीचुहाका लागि रविन भण्डारीले सर्वाधिक २७ र हेमन्त चलाउनेले २४ रन बनाए । भीमदत्तका बलर अरुण ऐरीले चार विकेट लिए ।
अरुणले चार ओभरमा २० रन खर्चिए । तीन वटा क्याचसमेत लिएका उनी म्यान अफ दि म्याच पनि घोषित भए । समीर बिस्टले तीन तथा सन्तोष भट्ट र मिलन बोहराले एक–एक विकेट हात पारे ।
जिल्ला क्रिकेट सङ्घ कैलालीको आयोजनामा जारी कैलाली प्रिमियर लिगको यो तेस्रो संस्करण हो । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाले र दोस्रो संस्करण डडेलधुराको आलिताल गाउँपालिकाले जितेका थिए ।
प्रतियोगिताको विजेता टोलीले दुई लाख, उपविजेता टोलीले एक लाख र सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले पनि जनही १५–१५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । उदीयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचले दुई हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण