बेलायतमा तेस्रो नेपाली फिल्म महोत्सवको तयारी
लन्डन । बेलायतमा आगामी मे महिनामा तेस्रो नेपाली फिल्म महोत्सव हुने भएको छ । नेपाली कला र फिल्म प्रवर्धन गरिरहेको लन्डनस्थित थर्ड आईले आइतबार पत्रकार सम्मेलन मार्फत तेस्रो नेपाली फिल्म महोत्सव गर्ने जानकारी दिएको हो ।
सन् २०२४ जनवरीदेखि ०२४ डिसेम्बरभित्र निर्मित नेपाली भाषा वा नेपाली भाषामा सबटाइटल भएका चलचित्र मध्येबाट छनोट गरी ५ वटा उत्कृष्ट फिल्म देखाइने आयोजकले बताए । महोत्सवमा आवेदनको लागि अनलाइनमा खुला गरिएको र संसारभरका नेपाली भाषा वा नेपाली सबटाइटलका फिल्ममध्येबाट जुरीले छनोट गर्ने ५ वटा फिल्म देखाइने र समापनमा कलाकारहरूलाई विशेष सम्मान र विभिन्न परफर्मेन्स हुने थर्ड आईले जनाएको छ ।
महोत्सवको लागि समापन मिति ३१ मेमा लन्डन ग्रीनफोर्ड टाउन हलमा हुने पक्का गरिएको र अन्य मिति र स्थान छिट्टै तय गरिने आयोजकले जनाए । नेपालबाट १२ देखि १५ जनासम्म नयाँ तथा पुराना कालाकार ल्याइनेछ भने बेलायतमै रहेका कलाकार, स्रष्टा, फिल्म निर्मातालाई पनि महोत्सवमा सहभागी गराइने छ । जसमध्ये एक्लानालाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ को रूपमा सम्मान गरिनेछ ।
नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार प्रवर्धन, नेपाल र बेलायतका कलाकारबिच सम्बन्ध अभिवृद्धि र बेलायतमा रहेका नेपाली प्रतिभाहरूका लागि ‘प्लेटफर्म’ प्रदान गर्न ब्रिजको रूपमा काम गर्ने उद्देश्यले आफूहरूले महोत्सवको आयोजना गर्दै आएको थर्ड आईका संस्थापक निर्देशक विकास देवकोटाले बताए ।

उनले भने, ‘महोत्सव विवादरहित बनाउन फिल्म छनोट नेपालमा गठित जुरीले नै गर्ने र महोत्सवका नाममा मानव तस्करी वा अन्य विकृति भइरहेको प्रति आफूहरू सजग रहेको र यो महोत्सवमा त्यस्ता गतिविधि निरुत्साहित गरिनेछ ।’ महोत्सवमा नेपाली मात्र नभई विदेशी फिल्म क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहनेछ । फिल्म महोत्सवमा करिब एक हजार दर्शकको अपेक्षा गरिएको आयोजकले बताए ।
पत्रकार सम्मेलनमा प्रोजेक्ट लिडर ओजेश सिंहले अन्य देशका कलाकारलाई पनि महोत्सवमा निमन्त्रणा गरिने जनाए । ‘नेपाली चलचित्र उद्योग अहिले पनि चुनौतीपूर्ण अवस्थामा छ । नेपाल बाहिर बस्ने नेपालीले पनि सहयोग गर्दा फिल्म उद्योगलाई टेवा पुग्नेछ’, सिंहले भने । सिंहले नेपाली फिल्म महोत्सवलाई सपोर्ट गर्न बेलायतवासी नेपालीलाई कार्यक्रममा आइदिन अपिल गरे ।
आयोजक टिमका तर्फबाट पार्टनरसिप कोअर्डिनेटर एवम् एनआरएनए युके पूर्व अध्यक्ष सुनिल खड्काले विदेश बस्ने नेपालीमा आफ्नो कला, संस्कृति, साहित्य, भाषा जोगाउने जिम्मेवारी भएकाले महोत्सव सफल बनाइदिन सबैमा अपिल गरे ।
‘फिल्म प्रवर्धन विदेश बस्ने हामी सबैको जिम्मेवारी पनि हो, टिकट खरिद वा प्रायोजन गरेर आफ्नो ठाउँबाट सहयोग गरिदिनु होला’, खड्काले भने, ‘नेपाली कलाकार र फिल्मलाई प्रवर्धन गर्न पनि हामीले महोत्सव गर्न लागेका हौँ ।’
मिडिया कोअर्डिनेटर प्रजेश श्रेष्ठले फिल्म आवेदन प्रक्रियाबारे अवगत गराउँदै आउँदो २५ मार्चसम्म फिल्म आवेदनको समय सीमा भएको बताए । फिल्म महोत्सव आयोजक कमिटीमा अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु, प्रशान्त खड्का, रविन भारतीलगायत पनि छन् ।
संसारभरबाट नेपाली भाषा वा सवटाइटलका फिल्मले आवेदन दिन सकिने यस महोत्सवमा सहभागिता जनाउन आवेदन खुलिसकेको र इच्छुकले फिल्म फ्री वे डटकम र फिल्म फेस्टिभल लन्डन डट को डट युकेमार्फत आवेदन गर्न सकिनेछ। महोत्सवमा गत वर्ष फेस्टिभलमा सहभागी हुन ८ सय ४० वटा फिल्मले आवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण