मस्कले संघीय कर्मचारीलाई इमेलको जवाफ दिन अर्को मौका पनि दिने
मङ्गलबार, १३ फागुन २०८१, ०८ : ०६
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी एलन मस्कले संघीय कर्मचारीहरूले यसअघि प्राप्त गरेको इमेलको जवाफ नदिएमा उनीहरूलाई अर्को मौका पनि दिइने बताएका छन्।
तर,दोस्रो मौकामा पनि जवाफ नआएमा उनीहरूलाई हटाइने उनको चेतावनी छ ।
सामाजिक सञ्जाल एक्सको एक पोस्टमा उनले दोस्रो मौका दिने निर्णय राष्ट्रपतिको विवेकाधिकारमा निर्भर हुने समेत बताएका छन् ।
मस्कले कर्मचारीलाई पठाएको इमेलमा साताभर गरेका कामको विवरण पठाउन भनिएको छ । तर इमेलको जवाफ नआएमा त्यसलाई राजीनामा दिएको रूपमा लिइने मस्कको भनाइ छ ।
यद्यपि यस विषयमा अमेरिकामा विवाद भने कायमै छ । एफबीआई लगायतका केही राष्ट्रिय सुरक्षा निकायहरू र अन्य संघीय विभागहरूले आफ्ना कर्मचारीहरूलाई तत्कालै इमेलको जवाफ नदिन सुझाव दिएका थिए। यसबारे ह्वाइट हाउसले तत्काल थप प्रतिक्रिया दिइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण