मस्कले संघीय कर्मचारीलाई इमेलको जवाफ दिन अर्को मौका पनि दिने
मङ्गलबार, १३ फागुन २०८१, ०८ : ०६

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी एलन मस्कले संघीय कर्मचारीहरूले यसअघि प्राप्त गरेको इमेलको जवाफ नदिएमा उनीहरूलाई अर्को मौका पनि दिइने बताएका छन्।
तर,दोस्रो मौकामा पनि जवाफ नआएमा उनीहरूलाई हटाइने उनको चेतावनी छ ।
सामाजिक सञ्जाल एक्सको एक पोस्टमा उनले दोस्रो मौका दिने निर्णय राष्ट्रपतिको विवेकाधिकारमा निर्भर हुने समेत बताएका छन् ।
मस्कले कर्मचारीलाई पठाएको इमेलमा साताभर गरेका कामको विवरण पठाउन भनिएको छ । तर इमेलको जवाफ नआएमा त्यसलाई राजीनामा दिएको रूपमा लिइने मस्कको भनाइ छ ।
यद्यपि यस विषयमा अमेरिकामा विवाद भने कायमै छ । एफबीआई लगायतका केही राष्ट्रिय सुरक्षा निकायहरू र अन्य संघीय विभागहरूले आफ्ना कर्मचारीहरूलाई तत्कालै इमेलको जवाफ नदिन सुझाव दिएका थिए। यसबारे ह्वाइट हाउसले तत्काल थप प्रतिक्रिया दिइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यस्तो छ विदेशी मुद्राको खरिदविक्रीदर
-
बार्सिलोना रियाल भन्दा ७ अंक अघि
-
आमाबुबाको अत्तोपत्तो नहुँदा नागरिकताबाट वञ्चित
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित