क्रिकेटर दीपेन्द्रसिंह ऐरी एनएसएल फुटबलमा धनगढी एफसीको सद्भावनादूत नियुक्त
काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगका लागि धनगढी फुटबल क्लबले राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीलाई आफ्नो सद्भावनादूत नियुक्त गरेको छ ।
ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित टी–२० अलराउण्डर खेलाडीको वरीयतामा दोस्रो स्थानमा आसिन छन् । सुदूरपश्चिम प्रदेशका ऐरीले नेपालको तर्फबाट एक दिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय खेल्दै दुई शतक र १२ वटा अर्धशतक प्रहार गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङतर्फ पनि उनले ८७ विकेट लिएका छन् । धनगढी एफसीका अध्यक्ष सुवास शाहीले ऐरीलाई क्लबको सद्भावनादूत नियुक्त गर्न पाएकोमा खुसी व्यक्त गरे । नेपाली क्रिकेटलाई उचाइमा पु¥याउन ऐरीको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए ।
ऐरीले पनि आगामी एनएसएलमा धनगढी एफसीसँग जोडिन पाउँदा खुसी लागेको बताए । ‘धनगढी एफसीको सद्भावनादूत बन्न पाउँदा म धेरै खुसी छु । हामी सुदूरपश्चिमका खेलप्रेमीहरूलाई सम्झन लायक सिजन दिने प्रयास गर्नेछौँ ।’
धनगढी एफसीले यसअघि नै राष्ट्रिय टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जुलाई आफ्नो मार्की खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ । क्लबले लेबनानी प्रिमियर लिग क्लब बुर्ज एफसीका स्ट्राइकर अहमद हिजाजीलाई पनि ऋणमा भित्राएको छ ।
हिजाजीले एनएसएलको अघिल्लो सिजनमा पनि धनगढी एफसीबाटै खेलेका थिए । अघिल्लो सिनमा उनले चार गोल गर्दै टोलीलाई फाइनलसम्म पु¥याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । धनगढी एफसी एनएसएलको अघिल्लो दुबै सिजनको उपविजेता टोली हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण