ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले ऐन संशोधनका लागि प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको ध्यानाकर्षण गराएको छ । केही नेपाल ऐन संशोधन गर्न विधेयक हाल विचाराधीन अवस्थामा रहेको जनाउँदै ऐन संशोधनका लागि समिति सभापति विमला सुवेदीको ध्यानाकर्षण गराएको हो ।
मञ्चका अध्यक्ष धनवल जैशी लगायतका प्रतिनिधिहरूले सभापति सुवेदीलाई भेटेर ध्यानाकर्षण गराएको छ । २०८० असारमा प्रतिनिधि सभामा प्रस्तुत भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक हाल विचाराधीन अवस्थामा छ । करिब ८० वटा ऐनका विभिन्न दफाहरूमा संशोधनका लागि पेस भएको विधेयकको दफा ४७ मा वैदेशिक रोजगार ऐन २०६४ का केही दफा संशोधनका विभिन्न संशोधन पेस गरिएको छ । तर, ऐन संशोधनका लागि हालसम्म प्रक्रिया अगाडि नबढेको भन्दै मञ्चले समिति सभापतिको ध्यानाकर्षण गराएको हो ।
केही नेपाल ऐनलाई संशोधन गर्न पेस भएको विधेयक प्रचलित नेपाल ऐनमा समसामयिक सुधारको उद्देश्यले संशोधन गर्न खोजिएको छ । तर, संशोधनका लागि पेस गरिएको व्यवस्था संसदबाट हुबहु पारित भई कार्यान्वयनमा आएको अवस्थामा वैदेशिक रोजगार व्यवसायीलाई अनावश्यक रूपमा गम्भीर आर्थिक क्षति हुने र जरिवाना तिर्न नसकेर वर्षौदेखि गर्दै आएको पेसा व्यवसायबाट ठुलो सङ्ख्यामा रहेका व्यवसायीले हात धुनुपर्ने अवस्था आउने मञ्चको दाबी छ ।
मञ्चले विधेयकमा भएका विभिन्न विषय संशोधन गरेर मात्रै संशोधन गर्नुपर्ने माग राखेको हो ।
_df17mwA8wj.jpg)
_4BaJCiekDV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण